FLASH NEWS

थाक्रे ३ को झण्डाचुलीमा राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २, मंगलबार (१ दिन अघि)
  • २०३

    Shares

थाक्रे ३ को झण्डाचुलीमा राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ :  धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन, नयाँ वर्ष २०८२ को शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक नयाँ वर्षका दिन हुने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि कार्यक्रम गरिएको हो।

भुमिचुली सेवा समाज समितिले आयोजनामा गरिएको कार्यक्रममा ठाडोखोला समाज सुधार समितिको सह- आयोजना र थाक्रे गाउँपालिका र थाक्रे गाउँपालिका वडा नं ३ ले समन्वय गरेको थियो।पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ। धादिङको थाक्रे गाउँपालिका र गल्छी गाउँपालिका ,मकवानपुरको थाहा नगरपालिकाको सिमानामा रहेको यस क्षेत्रमा राष्ट्रिय झण्डा झण्डातोलन सँगै साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो।

भुमिचुली युवा क्लवको अध्यक्ष हरी तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता र थाक्रे गाउँ पालिका अध्यक्ष रामकुमार आचार्य र थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष सहित  विभिन्न पार्टिको स्थानिय नेताहरूको समेत आतिथ्यता रहेको कार्यक्रममा टोलटोलको खबर डटकम मिटिया पार्टनर रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस