सिद्धलेक ,धादिङ : जिल्लाको बिभिन्न गाउँपालिकाहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल,धादिङले बुधबार २४ औं दिवसको अवसरमा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । सिद्धलेक गाउँपालिका वडा नं १ मा अवस्थित जलेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ४५ जना बालबाललिकाहरुको लागि शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो । बिद्यालयमा भएको सामाग्री प्रदानकार्यक्रम बिद्यालयका प्रधानाध्यपक सहित शिक्षकहरु,प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ,उपाध्यक्ष उषा बिक,निबर्तमान अध्यक्ष रेष्टन कडेल, कार्यकारी निर्देशक दामोदर अर्याल प्रयास नेपाल धादिङका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

स्थापना दिवसको अवसरमा संस्थाले प्रेस बिज्ञप्ति जिल्लामा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संस्थाको स्थापना भए देखि हाल सम्म शिक्षा,संरक्षण,जिविकोपार्जन,बाल अधिकार,सुशासन, खानेपानी तथा सरसफाई लगायतका बिषयगत क्षेत्रमा केन्द्रित भई स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्य तथा विकास साझेदारसँग साझेदारीमा सामुदायिक विकासका कार्यहरु गर्दै आएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी गराउनु भएको थियो ।
संस्थाले हरेक कार्यक्रम तथा आफ्ना गतिविधीहरु संचालन गर्दा र सेवा प्रवाह गर्दा पारदर्शिता, जवाफदेहिता, बिश्वसनियता र संस्थामा सुशासन र जसको सवाल उसको सहभागीताका पक्षहरुमा बिशेष ख्याल गर्ने गरेको अध्यक्ष विर बहादुर श्रेष्ठले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा २४ बर्ष सम्म संस्थालाई साथ सहयोग, सल्लाह, सहकार्य गर्ने व्यक्ति,स्थानीय तह,सरकारी कार्यालय,संचारकर्मी तथा संचारगृहलाई र विकास साझेदार संस्थाहरु,लक्षित बर्गलाई धन्यावाद ज्ञापन गरिएको सदस्य रुपा कट्टेल जानकारी दिनु भयो ।