१०२
Sharesधादिङ : धादिङ जिल्लामा चार वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ , जसमा अखिल क्रान्तिकारी र नेविसंघले दुई दुई स्थानको सभापति जितेका छन् ।
मंगलबार धुनीवेशी नगरपालिकामा रहेको मछिन्द्र बहुमुखी क्याम्पस ,बेनिघाट रोराङ गाउँपालिकामा रहेको जयबागेश्वरी क्याम्पस र चन्द्रोदय बहुमुखी क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।
धुनीवेशी नगरपालिकाको मछिन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पुरै प्यानल नै निर्वाचित भएको छ ।यहा ने बि संघ,अ ने रा स्व बि यु ,
अखिल क्रान्तिकारी,अ ने रा स्व बि यु समाजबादी मैदानमा रहेका थिए।
बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलसंग अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । सभापति पदका दुवै उम्मेद्वार अभिषेक पाण्डे र अन्जना रेग्मी को बराबर ७३ मत आएपछि गरिएको गोलाप्रथामा संयुक्त प्यालनबाट उठेका नेविसघका अभिषेक पाण्डे विजयी घोषित भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिकाकै रिचोकटारमा रहेको जयबागेश्वरी बहुमुखी क्याम्पसमा भने संयुक्त गठवन्धनका उम्मेद्वारलाई हराउदै अखिल क्रान्तिकारीका अनुनय सिलवाल निर्वाचित भएका छन् ।
नेत्रावती सामुदायिक क्याम्पसमा भने उम्मेदवारी मनोनयनको दिन नै अखिल क्रान्तिकारीका अभिषेक थपलिया सर्वसम्मत निर्वाचित भएका थिए ।
सदरमुकामको नीलकण्ठ बहुमुखी क्याम्पसमा भने नेविसंघका दुई प्यानलले उम्मेदवारी दिएपछि विवाद बढेर निर्वाचनमै स्थगित हुन पुगेको छ ।