FLASH NEWS

थाक्रे गाउँपालिकामा थाक्रे ग्रामिण आँखा केन्द्रको समुद्घाटन तथा बिपन्न दलित स्वास्थ्य वीमा कार्यक्रमको शुभारम्भ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १६, मंगलबार (६ घण्टा अघि)
  • १५७

    Shares

थाक्रे गाउँपालिकामा थाक्रे ग्रामिण आँखा केन्द्रको समुद्घाटन तथा बिपन्न दलित स्वास्थ्य वीमा कार्यक्रमको शुभारम्भ

धादिङको थाक्रे गाउँपालिकामा थाक्रे ग्रामिण आँखा केन्द्रको समुद्घाटन तथा बिपन्न दलित स्वास्थ्य वीमा कार्यक्रमको शुभारम्भ भएको छ।

मंगलबार थाक्रे ६ महादेववेसी स्वास्थ चौकीको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त सेवाको समुद्घाटन तथा शुभारम्भ गरिएको हो।

कार्यक्रमका अतिथी एवं  तिल गङ्गा अँखा प्रतिस्ठानका सिनियर अफिसर क्लस्टर लिड रामसिह तामाङले शुभकामना दिनुहुदै तिल गङ्गा अँखा प्रतिस्ठान बाट  आफुहरुले यस थाक्रे ग्रामिण आँखा केन्द्रको लागि स्थापना गर्न केही सामाग्री हरु सहित दिन पाउँदा आफुहरु खुसी भएको र यश केन्द्र लाई जोगाइ राख्न सबैको साथ सहयोग चाहिने बताउनु भयो ।

उहाँले पालिका भित्र रहेका नागरिक हरु कति प्रतिशत अँखाका बिरामी हारु रहेका छन कस्ता कस्ता ब्याक्ती हरुले कस्तो सेवा लिदा राम्रो हुन्छ अँखाका लागि जोगाउन के के गर्नु पर्छ साथै यश केन्द्रमा  सहुलियत रुपमा अँखा परिक्षण गरिने   लगायतको बिषयमा जानकारी गराउनु भएको थियो।


यस्तै थाक्रे १० का  वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले पनि कार्यक्रमको शुभकामना दिनुहुदै  यश केन्द्र लाई गोजाइराख्न कार्यपालिकामा समेत छलफल गरि बजेट ब्यब्स्थापन गर्ने बताउनु भयो ।

तेस्तै थाक्रे ६ का वडा अध्यक्ष हिरा बहादुर थापाले पनि शुभकामना मनतब्य राख्नु हुँदै आफुहरुले यश केन्द्र स्थापना गर्न धेरै पहल गर्नु परेको र सबैको सहयोगले गर्दा नै थाक्रे ग्रामिण आँखा केन्द्रको स्थापना गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिनु भयो ।

यस्तै पालिकाका पुर्व उपाध्यक्ष आम्बिका रुपाखेतिले पालिकाले निकै राम्रो काम गर्दै आइरहेको बताउदै पालिकाले गरेका काम हरुको  प्रचार प्रसार गर्न आफू सदैब लागेको बताउनु भयो ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसिले कार्यक्रमको शुभकामना दिनु हुँदै यस्ता कामहरू मा आफुबाट कुनैपनी कुरामा कमि हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।

तेस्तै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले आफू हरु यस्ता कार्यक्रमहरु लेराउनको लागि आफुहरुले कार्यपालिका मा निकै छलफल गरेर पास गरे पछि सबैको साथ ले गर्दा स्थापना गर्न सफल भएको बताउदै पालिका भित्रका सबै नागरिक हरुले आयर सेवा लिन आग्रह गर्नु भयो।

कार्यक्रमका सभा अध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले उक्त केन्द्रको उद्घाटन गर्नुहुदै पालिका भित्रका नागरिक हरुलाइ विभिन्न सेवा दिनको लागि काम गरिरहेको र त्यस मध्य थाक्रे ग्रामीण अँखा केन्द्र पनि एक रहेको बताउनु भयो ।

उहाले यो कार्यक्रम पहिलेनै भैसक्नु पर्ने थियो तर तिल गङ्गा अँखा प्रतिस्ठान शीत लामो समय सम्म छलफल गरि  सम्झौता  गरे पश्चात्  उक्त केन्द्र स्थापना गरिएको बताउनु भयो।   थाक्रेका नागरिक काठमाडौ सम्म खर्च गरेर जान नपरोस्  यहि पालिका बाटै सुबिधा पाउनु  भन्ने उदेश्यले यस्ता कार्यक्रम लेरायको आचार्यको भनाइ छ ।
उहाँले स्वास्थको लागि सरकारले दिएको औसधि भन्दा पनि धेरै सेवा दिइएको बताउदै पालिका बाट हुने सेवा सुबिधा सबै नागरिक सम्म पुराउन सबै पालिका भित्र काम गर्ने स्वास्थ कर्मी , कर्मचारी लगायत सबैलाई आग्रह समेत गर्नु भयो ।

यस्तै बिपन्न दलित स्वास्थ्य वीमाको लागि पनि लामो समय कार्यपालिकामा छलफल गरेपस्चात सबैको  साथ सहयोग को कारण उक्त कार्यक्रम शुभारम्भ गरिएको बताउनु भयो ।

पालिकाका स्वास्थ शाखाका प्रमुख कमल अधिकारीले सन्चालन गर्नु भएको कार्यक्रममा महादेववेसी स्वस्थ चौकीका प्रमुख झर्ना केसिले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा वडाका वडा अध्यक्षहरु पुर्व वडा अध्यक्षहरु , तिल गङ्गा सर्जिकल अँखा केन्द्र प्रमुख सुपेन्द्र ताम्राकार, कार्यपालिका सदस्य , वडा सदस्य , स्वास्थ कर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस