१०५
Sharesथाक्रे ९ मा मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष श्याम चन्द्र आचार्यको सभा अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेस अतिथि एबम प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले औंसीको सुअवसरमा उपस्थित जेष्ठ नागरिक आमा तथा एकल महिला हरुलाई शुभकामना दिदै निकै महत्वपूर्ण दिनमा आफ्नो आमा बाबु नभएपनि एति धेरै आमा बाबाको माझ औंसीको दिन रमाउन र शुभकामना आदानप्रदान गर्न पाउदा आफु खुसि भएको बताउनु भयो। तेस्तै उहाले यस्तो कार्यक्रमले सबै आमा बाबा हरुको सम्मान हुने समेत बताउनु भयो।
तेस्तै सृष्टि फ़ाउण्डेशन का अध्यक्ष एवं थाक्रे गाउपालिकाका पुर्व उपाध्यक्ष अम्बिका रुपाखेतीले उपस्थित सबै आमा प्रति शुभकामना दिनु हुदै औंसीको बिषेस महत्व रहेको र आमा हरु प्रति भए गरेका कुरा बताउनु हुदै आमा हरु बाट धेरै इतिहासका कुरा सिक्न सकिने र सदैब सम्मान जनक राख्नु पर्ने बताउनु भयो।
यस्तै कार्यक्रमका प्रमुख अथिति एवं थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले कार्यक्रमको शुभकामना दिनु हुदै वडा पालिकाले यस्ता महत्वपूर्ण कार्यक्रम गर्न पाउदा खुसि लागेको बताउनु भयो। औंसीको दिन बिसेस दिन भएकोले पालिका भित्रका सबै आमा बुबा हरुलाई शुभकामना ब्यक्त गर्नु हुदै यो कार्यक्रम ठुलो नभएको तर महत्वपूर्ण रहेको छ किनभने सबै आमा हरु सित सगै मनाउन पाइएको एक आपसमा सम्बन्ध बलियो भएको र जिउदा इतिहासको सुझाब सल्लाह र मार्ग निर्देशन प्राप्त हुने उहाले बताउनु भयो।
कार्यक्रमका अध्यक्ष ताहा थाक्रे ९ का वडा ध्यक्ष श्याम चन्द्र आचार्यले यस्तो कार्यक्रम बिगतका बर्ष हरुमा पनि गर्दै आएको यस कार्यक्रमलाई निरन्तरता दिएको बताउदै सबै आमा प्रति शुभकामना दिनु भयो
कार्यक्रममा वडाका वडा सदस्यहरु , बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि कर्मचारी लगायतजेष्ठ नागरिक आमा तथा एकल महिला स्थानिय लगायतको उपस्थिति रहेको थियो।