FLASH NEWS

आजको मौसम : यी स्थानमा अत्यधिक गर्मीको सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख ११, बिहिबार (७ घण्टा अघि)
  • ६६

    Shares

आजको मौसम : यी स्थानमा  अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ :    हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस