FLASH NEWS

आज एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८२ बैशाख ९, मंगलबार (६ घण्टा अघि)
  • ५९

    Shares

आज एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ।

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको जनाइएको छ।

सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) रहनु भएको छ।

कार्यक्रममा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस