FLASH NEWS

धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा चैते पुर्णिमा मेला २०८१ सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ३०, शनिबार (१६ घण्टा अघि)
  • १३१

    Shares

धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा चैते पुर्णिमा मेला २०८१ सम्पन्न

धुनिबेशी  :    धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित ऐतिहासिक कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला शनिबार सम्पन्न छ । हरेक वर्षको चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष शनिबार लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले टोलटोलको खबर लाइ जानकारी दिनु भयो।

धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलाको आयोजक धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समिती रहेको छ । मेलामा सहभागी हुन धुनिवेशी, थाक्रे, चितवन, काठमाण्डौं, नुवाकोट, मकवानपुर लगायतबाट भक्तजनहरु उपस्थिती रहेको वडा अध्यक्ष आचार्यको भनाइ छ ।

उक्त मेलामा बागमती प्रदेशका पृर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल,धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस