१८८
Sharesथाक्रे : जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचनावाचक कार्यक्रम सम्पन्न भएको छ।
धादिङ थाक्रे गाउँपालिका वडा नं १० को ठुलो पोखरीस्थित केवलपुरे किसान पार्कमा रहेको उहाको सालिकमा माल्यारर्पण सहित अन्तरक्रिया तथा रचनावाचक गरि ९९ औं जन्म जयन्ती मनाइएको हो।
थाक्रे गाउँपालिका वडा नं १० र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा स्व.देवी प्रसाद पौडेल ( केवलपुरे किसान)ले दिनुभएको योगदानबारे चर्चा गरिएको थियो। वि.स.२००६ सालमा जातभात र छुवाछुत बिरुद्व जनै फालेर हलो जोतेका कारण देश निकालासमेत भएका स्व. कवि पौडेलले आफ्नो साहित्यमार्फत अत्याचारको विरुद्द र किसान, श्रमिक महिलाको पीडामा कलम चलाई समाज परिवर्तनमा ठूलो योगदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले किसानहरुको विविध पक्षसमेटी आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्कार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने बिभिन्न साहित्यकार , कबि ,बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानियहरुको सहभागिता रहेको कार्यक्रममा धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्ष सिर्जना अर्यालको अधक्ष्यता रहेको थियो। तेस्तै कार्यक्रमको टोलटोलको खबर डट कमले प्रतक्ष्य प्रसारण गरेको थियो।