११६
Sharesगजुरी: नयाँ वर्ष २०८२ सालको शुभ अवसरमा गजुरी गाउँपालिका ५ स्थित गलौदी खेलमैदानमा “शुभकामना आदान प्रदान तथा सांस्कृतिक धमका – २०८२” कार्यक्रम हुने भएको छ । जनता भविष्य निर्माण सामुदायिक समाज, गजुरी ५ को आयोजनामा, गजुरी गाउँपालिकाको संरक्षकत्वमा र गजुरी वडा नं ५ कार्यालय को प्रवर्धनमा हुने यस कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन् ।
कार्यक्रममा गायक हिमाल सागर, प्रकाश पराजुली, धर्व बिस्को र गायिका सुमित्रा तामाङ को साङ्गीतिक प्रस्तुति रहनेछ । साथै, डान्सर अस्मिता भुजेल, इस ठकुरी, र रिया सुन्दास को नृत्यले कार्यक्रममा थप रौनकता ल्याउने अपेक्षा गरिएको छ । नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले गजुरीको कला, संस्कृति र सामाजिक एकतालाई प्रबर्द्धन गर्ने आयोजकले जनाएका छन् । स्थानीयबासी, समाजसेवी, युवा क्लब, आमा समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहने यस कार्यक्रममा सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ ।