११६
Sharesकाठमाडौंं: तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय वैठक काठमाडौमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले संयुक्त वक्तव्य जारी गरेको छ । मन्त्रीस्तरिय वैठकमा ३ देशका मन्त्रीहरुको सहभागीता रहेको थियो । बाकी ४ सदस्य रास्ट्रका मन्त्री तथा प्रतिनिधिहरु भर्चुअल रुपमा सहभागी हुनुभयो । बैठकको अध्यक्षता गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरुलाई स्वागत गर्नु हुँदै कृषि क्षेत्रको विकासका लागि विम्स्टेक सद्स्री रास्ट्रहरुको सहकार्यमा जोड दिनु भयो । जल वायु परिवर्तन , विषादीको बढदो प्रयोगले विम्स्टेक अन्तरगतका रास्ट्रहरुमा चुनौती थपेको उल्लेख गर्दैमन्त्री अधिकारीले यस्को सामना गर्न सदस्य रास्ट्र विचको सहकार्य आवश्यक रहेको वताउनुभयो ।
भारतका कृषिमन्त्री शिवराज चौहानले विमस्टेक रास्ट्रहरुमा कृषि , पशुपन्छी , तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य रास्ट्र विचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिनुभयो ।
यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय वैठकले यसलाई अनुमोदन गरेको हो ।
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान विच दिपक्षीय भेटवार्ता भएको छ । भेट्वार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिनुभयो । भेटवार्तामा भारतिय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै गरि भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ । भेट्वार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपाल विच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने वताउनुभयो। भुटानका मन्त्रीले दुई देशका प्रयासहरु समान र साझा रहेकाले नेपाल र भुटान विच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो । भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्चअधिकारीको सहभागीता रहेको थियो।
प्रेस नोट यसै साथ पठाईएको छ ।