६९
Sharesधादिङ : गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले हात पारेको छ ।
गोरखा नगरपालिकाको आयोजनामा छेवेटार सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पार्न सफल भएसँगै नीलकण्ठ महिला टिम प्रतियोगिताको च्याम्पियन बनेको छ ।
फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको हो ।
गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद विशेष आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायत गोरखा जिल्लाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।