FLASH NEWS

तीनकुने आगजनी : जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १५, शुक्रबार (२ दिन अघि)
  • ८१

    Shares

तीनकुने आगजनी : जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ । उहाले  एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताउनु भयो ।
तर एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा छैनन् । रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उहाक  भनाइ छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस