FLASH NEWS

गृह मन्त्रालयमा आकस्मिक बैठक

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १५, शुक्रबार (२ दिन अघि)
  • ८५

    Shares

गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं :  गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो ।
बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशालादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ ।
उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस