FLASH NEWS

सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १४, बिहिबार (३ दिन अघि)
  • ८६

    Shares

सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू

सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू भएको छ । सम्मेलनको प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधिलगायत सहभागी छन् । गएको आइतवार मात्रै सङ्क्रमणकालीन न्याय (टीआरसी) टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबीच सहमति जुटेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस