१९४
Sharesनेकपा (एमाले) केन्द्रीय सचिवालयको निणर्य अनुसार नेपालकाे संविधान र व्यवस्थाको विरुद्ध भैरहेको चलखेललाई निरुत्साहित पार्न र गणतन्त्रको पक्षमा आज देशै भरीको वडाहरुमा जागरण अभियान कार्यक्रम को आयोजना गरेको छ।उक्त कार्यक्रम अन्तर्गत धुनिबेशीका नौवटै वडामा वडा कमिटीले पनि कार्यक्रमको आयोजना गरेको थियो । यसै विच धुनिबेशी ६ धार्के चालिसेमा आयोजना गरिएको कार्यक्रममा नेपालको संविधान र उक्त संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्र,समावेशीता र सामाजिक न्यायको रक्षा र सुदृढीकरण गर्न जनसचेतनाका लागि जागरण अभियान प्रारम्भ गरेको बताउदै एमालेले देश र जनताको पक्षेमा काम गरिरहेको नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सदस्य एवं धुनिवेशी र थाक्रे पालिका इन्चार्ज मन्दिरा श्रेष्ठले बताउनु भयो।
तेस्तै उहाँले राजसस्था पुन आउँछ भन्ने भ्रममा नपर्न समेत आग्रह गर्नु भयो ।
तेस्तै थाक्रे गाउपालिकाको ११ वटै वडा हरुमा पनि जागरण अभियानकार्यक्रमको आयोजन गरिएको एमालेले जनाएको छ ।