FLASH NEWS

प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १०, आईतबार (१ हप्ता अघि)
  • ११३

    Shares

प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु

तस्वीर : पत्रकार केशव अधिकारी

विराटनगर : प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् । अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।


कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस