FLASH NEWS

कृषिमन्त्री अधिकारीद्धारा डिडिसीकोे हेटौडा वितरण आयोजनाको अनुगमन

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ९, शनिबार (१ हप्ता अघि)
  • ११२

    Shares

कृषिमन्त्री अधिकारीद्धारा डिडिसीकोे हेटौडा वितरण आयोजनाको अनुगमन

काठमाडौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूग्ध विकास संस्थान (डिडिसी) अन्र्तगतको हेटौडा दुग्ध वितरण आयोजनाको अनुगमन तथा निरिक्षण गर्नूभएको छ ।
हेटौडा औधोगिक क्षेत्रमा रहेको संस्थानको उत्पादन तथा प्रशोधन केन्द्रको आज विहान अनुगमन गर्दे मन्त्री अधिकारीले संस्थानलाई माथी उठाउन सवैको प्रयास आवश्यक रहेकाले दत्तचित्त भएर काम गर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । हाल संस्थानमा मौज्दात रहेका दुग्ध उत्पादनहरुको बिक्रिका लागि मन्त्रालयले समेत विभिन्न प्रयास गरिरहेको भन्दै मन्त्री अधिकारीले कर्मचारीले पनि यसमा तदारुकता देखाउन आवश्यक छ ,भन्नुभयो ।
संस्थानको घाटा र दुर्बलताले आम कर्मचारीको मनोवल बढन सक्दैन , संस्थानलाई सवल वनाउन संस्थानका सवै कर्मचारीको सकारात्मक प्रयास आवश्यक छ ,मन्त्री अधिकारीले भन्नुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस