FLASH NEWS

गलौदी खेलमैदानमा तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ९, शनिबार (१ हप्ता अघि)
  • १५७

    Shares

गलौदी खेलमैदानमा तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव हुने

धादिङ :  धादिङको गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा”तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” चैत १४ गते देखि २४ गतेसम्म आयोजना हुने भएको छ।

जिल्ला होटल संघ धादिङको आयोजनामा हुने यस महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ। भने उद्घाटनमा गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह,युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित उद्द्घाटन गरिने कार्यक्रमका ब्यबस्थापन भरत बराकोटीले टोलटोलको खबर डट कम लाइ जानकारी दिनु भयो।

महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार, र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन्। साथै, परम्परागत बाजा प्रदर्शन र नृत्य प्रतियोगिता समेत रहनेछ।

कार्यक्रम भब्य बनाउन गजुरी गाउँपालिका वरपर रहेका विभिन्न संघसंस्था,नेपाल रेडक्रस सोसाइटी गजुरी,प्राथमिक स्वास्थ्य केन्द्र गजुरी,सामुदायिक बिकास समाज,गजुरी युवा क्लब,युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरी, आमा समुहहरु,गजुरीबासी र वरपर रहेका पालिका/नगरपालिकाहरुलाई समेत सहयोग गर्न जिल्ला होटल संघ धादिङले समेत अपिल गरेको छ।

यो महोत्सवले गजुरी गाउँपालिकाको संस्कृति, कृषि, पर्यटन, र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उदेश्य सहित कृषि प्रर्दशनी पनि हुनेछ।सांस्कृतिक कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने ब्यबस्थापन भरत बराकोटीले बताउनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस