FLASH NEWS


कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुन्छ , कृषि मन्त्री अधिकारी

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ६, बिहिबार (१९ घण्टा अघि)
  • ७९

    Shares

कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुन्छ , कृषि मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने वताउनु भएको छ । ईलामको रोङ गाउँपालिकाले आयोजान गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गर्नुभयो ।
स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरुको सिको सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गर्नु भयो ।
कृषिमा ज्ञ।न र प्रबिधी हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यस्का लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले गर्नुभयो । सरकार आगामी आर्थिक वर्षको वजेट निर्माणमा लागीरहेको र आफुले कृषि र किसानको हित हुने कार्यक्रम समाबेश गर्न पहल गरीरहेको मन्त्री अधिकारीले वताउनुभयो। सिमित बजेटका बिच प्रतीफल बढी आउने गरि कार्य गर्नु पर्ने अहिलेको बाध्याताका विच तिनै तहका सरकारको सहकार्य जरुरी छ मन्त्री अधिकारीले भन्नुभयो । सो अवसरमा मन्त्री अधिकारी र कोशी प्रदेशको कृषि सहकारी तथा भुमीव्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरुपमा गाउँपालीकाले निर्माणगरेको कृषि प्रशोधन केन्द्रको पनि उदघाट्न गर्नुभयो । केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरु रहेका छन । गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ ।
गाउँपालीकाले १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र समेत प्रदान गरेको छ ,उनिहरुले स्थानीय किसानहरुलाई खेती र प्रबिधी सिकाउने गाउँपालीकाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस