FLASH NEWS


आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ५, बुधबार (२२ घण्टा अघि)
  • ६९

    Shares

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची हेर्नुहोस

काठमाडौं :   संघीय संसद्को दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो सशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ।

राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राय वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ। यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ।

अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय( दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस