१०२
Sharesधुनिवेशी: धुनिवेशी नगरपालिका र मातहतका कार्यालय आज सोमबार बन्द हुने भएको छ । वडा नम्बर १ र २ का वडा सचिव रमेश प्रसाद सापकोटाको हिजो आईतबार असामयिक निधन भएकाले उहाँको दिवँगत आत्माको चिरशान्तिको कामना र परिवारजनमा समवेदना प्रकट गर्दै सोमबार नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य सँस्थामा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।