FLASH NEWS


धुनिबेशी ५ पुरानो धार्केमा गाडी पल्टियो, १० जना घाईते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २९, बिहिबार (३ घण्टा अघि)
  • ४६१

    Shares

धुनिबेशी ५ पुरानो धार्केमा गाडी पल्टियो, १० जना घाईते

धार्के सितापाइला सडक खण्ड  अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केमा भएको गाडी दुर्घटनामा १० जना घाईते भएका छन् । होली पर्व मनाउन धार्केबाट धुनिवेशी पार्क तर्फ गुडेको बा. प्र. ०१ ०३१ च १८३८ नम्बरको बोलेरो हात्ती गाडी सडकमा पल्टिदा चालक सहित १० जना घाईते भएका हुन् ।

घाईते हुनेमा धुनिवेशी ६ का शारदा पाण्डे, रिता काफ्ले, रञ्जिता कोईराला रहनुभएको छ । यस्तै धुनिवेशी ४ का रेनुका गौतम, धुनिवेशी २ का मनिष बास्कोटा र विवेक अधिकारी, थाक्रे ९ का भगवती रेग्मी, थाक्रे ६ का मैना लामा, थाक्रे ७ का निर्मला खतिवडा लगायत रहनुभएको छ ।

अधिकाँश घाईतेहरुलाई धार्केमा रहेको राजु मेडिकल हल र साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौँ पठाईएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस