१२६
Sharesधार्के: धादिङको धुनिवेशीमा सामुहिक ब्रतबन्ध भएको छ । सोमबार धुनिबेशी नगरपालिका वडा नम्बर–५ स्थित बिजयपुरमा रहेको गोरखनाथ मन्दिरमा १८ जना बटुकहरुको भएको सामुहिक ब्रतबन्ध भएको गोरखनाथ कल्याण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष अर्जुन प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
वि.स. २०६५ सालमा स्थापना भएको गोरखनाथ कल्याण केन्द्र नेपालले यसअघिका बर्षहरुमा पनि सामुहिक ब्रतबन्धको आयोजना गर्दै आएको थियो । विजयपुरमा वि.स. २०७२ सालमा मन्दिर स्थापना भएपछि मन्दिरमा नै सामुहिक ब्रतबन्ध गर्दै आएको सँस्थाले त्यसअघि धार्केमा ब्रतबन्ध गराउँदै आएको थियो ।
गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के शाखाका अध्यक्ष हरिहर रेग्मीले यसवर्ष १४ औँ सामुहिक व्रतबन्ध गरिएको बताउनुभयो ।साथै केन्द्रले अन्य बिभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ।