FLASH NEWS


ज्वालामुखिममा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २६, सोमबार (१ दिन अघि)
  • ६४

    Shares

ज्वालामुखिममा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण सम्पन्न

धादिङ : ज्वालामुखि गाउँपालिका वडा नं ६ साँधभज्याङमा प्रधानाध्यापकहरुको लागि बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापक लागि बालमैत्री स्थानीय शासन नितिगत र प्रक्रियागत र अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका सेवा प्रवाहका ३६ वडा र संस्थागत १५ गरि ५१ वटा सूचकहरू , बिद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधारमा प्रधानाध्यापकहरुको भुमिका बालक्लब,बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे । अभिमुखीकरण कार्यक्रममा ज्वालामुखि गाउँपालिका भित्रका ३१ जना प्रधानाध्यापक सहभागी रहेको शिक्षा शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस