१०६
Sharesथाक्रे: थाक्रे गाउँपालिकामा शनिबार सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको असवरमा “घरेलु हिंसा न्युनिकरणमा हाम्रो भुमिका” बिषयक १ दिने अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दिवसको अवसरमा आयोजित अन्र्तरक्रिया कार्यक्रममा सरोकारवाला हरुले महिला हिंसा के हो र यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो भनाई प्रस्तुत गर्नु भएको थियो । थाक्रे गाउँपालिकाको आयोजना तथा ICDC नेपालको सह आयोजनामा भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के सीले शुभ कामना दिनु हुदै नाराले भनेझै पालिका यस्ता कामगर्न लागिपरेको बताउनु भयो साथै उहाले निकै महत्वपूर्ण कार्यक्रम महत्वपूर्ण दिनमा भएकोले पनि अझ भोलिका दिनहरुमा यसले सार्थकता पाउने बताउनु भयो।
तेस्तै वडाका वडा अध्यक्षहरुले पनि शुभकामना दिनु हुदै घरेलु हिंसा न्युनिकरण गर्नको लागि आफु र आफ्नो वडा लागि परेको बताउनु भएको छ।
तेस्तै कार्यक्रमका सभा अध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण पालिका वासीहरुलाई शुभकामना दिनु हुदै अन्तर्राष्ट्रिय महिला दिवसको के हो कसरि मनाउन थालिए र यसबाट भएका उपलब्धि हरुको विषयमा जानकारी गराउनु भएको थियो। तेस्तै उहाले उठेका कुराहरुको सम्बोधन गर्नु हुदै पहिलो कार्यकाल देखिनै पालिका यस विषयमा लागि परेर काम गरिरहेको र भोलिका दिन हरुमा पनि पालिका बाट गर्नु पर्ने सम्पूर्ण काम हरु गर्दै जाने बताउनु भयो।
उक्त अन्र्तरक्रिया कार्यक्रममा वडाका वडा अध्यक्षहरु ,कार्य पालिकाका सदस्य , शाखाका प्रमुख तथा प्रतिनिधि ,सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो।