FLASH NEWS


आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस , धादिङका बिभिन्न स्थानमा पनि कार्यक्रमको आयोजना गरिदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २४, शनिबार (३ दिन अघि)
  • ८५

    Shares

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस , धादिङका बिभिन्न स्थानमा पनि कार्यक्रमको आयोजना गरिदै

धादिङ :    ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज संसारभर विभिन्न कार्यक्रमका साथ एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् ।

उक्त अवसरमा धादिङको थाक्रे गाउपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा द्वारा अन्तरक्रिया कार्यक्रम ,थाक्रे ११ मा रहेको मिलिजुली सहकारी द्वारा चेतनामुलक सास्कृतिक कार्यक्रम , धुनिबेशी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम ,धादिङको सदरमुकाम धादिङ बेशीमा महिला उद्यमशीलता उत्सव लगायतका कार्यक्रम हरुको आयोजना गरिएको छ।

विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस