FLASH NEWS


नौबिसे स्वास्थ्य चौकीमा गरे १सय ५४ जना महिलाले स्वास्थ्य परिक्षण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २४, शनिबार (३ दिन अघि)
  • १०१

    Shares

नौबिसे स्वास्थ्य चौकीमा गरे १सय ५४ जना महिलाले  स्वास्थ्य परिक्षण

धादिङ:    धादिङको धुनिवेशी नगरपालिकामा महिलाहरुको लागि प्रजनन स्वास्थ्य रुग्णता, स्किृनिङ तथा व्यवस्थापन कार्यक्रम सञ्चालन भएको छ । स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार नौबिसे स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम मार्फत १सय ५४ जना महिलाहरुलाई सेवा दिईएको स्वास्थ्य चौकी प्रमुख गिता भट्टले जानकारी दिनु भयो ।

पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण गराईएको ६५ जना मध्ये १ जनामा क्यान्सर पोजेटिभ देखिएको स्वास्थ्य चौकी प्रमुख भट्टले बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा हरेक महिनाको दोस्रो शुक्रबार पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण नियमित रुपमा भईरहेको पनि बताउनुभयो ।

अब आईतबार छत्रेदेउराली स्वास्थ्य चौकीमा र सोमबार जिवनपुर स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण सहित स्तन क्यान्सर, आङ खस्ने समस्या लगायत समस्याको परिक्षण तथा परामर्श गरिने धुनिवेशी स्वास्थ्य शाखाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस