FLASH NEWS


धादिङको गल्छीमा यहि फागुन २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ फागुन २४, शनिबार (३ दिन अघि)
  • ६१

    Shares

धादिङको गल्छीमा यहि फागुन २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने

धादिङ:  धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने भएको छ ।

नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा यहि फागुन २७ र २८ गते  प्रतियोगिता आयोजना हुने भएको हो ।
युवाहरुको चाहाना बमोजिम यही फाल्गुण २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिताको आयोजना  गरिएको नेकपा एमाले गल्छीका अध्यक्ष राजु रिमालले बताउनु भयो ।
प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै तेस्रो हुनेले नगद १० हजारसहित ट्रफि मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद एक हजार सहित ट्रफि मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता गल्छी गाउँपालिका वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा फागुन २७ गते मंगलबार शुरु भएर २८ गते बुधबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक टिम फागुन २६ गते सोमबार सम्म दर्ता भईसक्नु पर्ने बताईएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस