६७३
Sharesधार्के : धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको गुड स्टार्ट इङ्लिस स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव मनाएको छ । शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सहित स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरु नृत्य, गायन लगायतको प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक अमृत खाती र गायिका
श्रीदेवी देवकोटाले आफ्ना विभिन्न प्रस्तुति मार्फत विद्यालयका अभिभावक र विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
उक्त वार्षिकोत्सव कार्यक्रममा विभिन्न शिक्षक, विद्यालयका सवारी चालक लगायतहरुलाई सम्मान गरिएको छ । यस्तै अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अतिथीहरुले शुभकामना मन्तव्य पनि प्रस्तुत गरेका छन् ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो। शनिबार भएको वार्षिकोत्सवमा वडाका वडा अध्यक्ष हरु विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि , समाजसेवी , अभिभावक विधार्थी हरुको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक हर्क लामाले टोलटोलको खबरलाई जानकारी दिनुभयो ।