१९५
Sharesथाक्रे: मिलीजुली सहकारीको १७ औं स्थापना दिवसको अवसरमा आयोजित विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ।
घादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.ले एक कार्यक्रमको आयोजना गरि आफ्नो १७ औं स्थापना दिवस मनाएको हो। सहकारीको अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा केहि दिन अघि सहकारीको हलमा भएको ३ दिने अचार बनाउने तालिममा सहभागी हरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै सहकारीको बिभिन्न बिसयमा जानकारी गराइएको थियो।
शुक्रबार सहकारीका पुर्व अध्यक्ष सुशिला सुबेदीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा थाक्रे ११का पुर्व वडा अध्यक्ष रबि प्रकास ओझा , ६ का पूर्ण बहादुर कार्की , सिड्स घादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती , कृष्ण प्रसाद अर्याल ,रजनी लामा लगायत सहकारी सस्था समुहका प्रतिनिधि हरु लगायतको सहभागी रहेको थियो।