FLASH NEWS


मिलीजुली सहकारीमा ३ दिने अचार बनाउने तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १३, मंगलबार (२ हप्ता अघि)
  • ३९०

    Shares

मिलीजुली सहकारीमा ३ दिने अचार बनाउने तालिम सम्पन्न

धादिङ:    मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्य हरुलाई आत्मा निर्भर बनाउने उदेस्यले अचार बनाउने तालिम सम्पन्न भएकोछ।
धादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आइतबार बाट सहकारीको हलमा सुरु गरेको तालिम मंगलबार सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै तालिमबाट महिलाहरुले आफ्नै घरमा बसेर पनि खालि समयमा समयको सदुपयोग होस् र तेस्बाट आफुलाई खर्च ब्यबस्थापन गर्न सकुन र ब्यबसायिक रुपमा समेत काम गर्न सकुन भन्ने उदेश्यले उक्त तालिम राखियको सहकारीका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले बताउनु भयो। तालिममा कागती , लप्सी ,अमला, मासु ,लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको रुपाखेतीले बताउनु भयो।

तालिममा ३५ जना महिलाहरु सहभागी रहेका थिए। उक्त तालिममा सहभागी महिलाहरुले तालिम बाट राम्रो सित आफुहरुले अचार बनाउन सिकेको अब यस सीपले घरमा बाकि रहेको फुर्सदको समयमा पनि आफुहरुले अचार बनाएर बेच्न सकिने बताएका छन्।


तेस्तै समापन कार्यक्रममा प्रशिक्षक रजनी लामाले आफुले पनि यस्तै तालिम लिए पस्चार बिगत ३/५ वर्ष अघि देखि अचार बानाएर बेच्ने गरेको बताउदै आफुहरुले सिकेको सिप जिवनमा लागु गर्न आग्रह गर्नु भएको सहकारीको ब्यबस्थापक सान्ति आचार्यले जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस