FLASH NEWS

प्रेस चौतारी नेपाल सत्यको पक्षमा लड्ने संगठन हो : गणेश बस्नेत केन्द्रीय अध्यक्ष प्रेस चौतारी नेपाल

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ फागुन ११, आईतबार (१ महिना अघि)
  • ९८

    Shares

प्रेस चौतारी नेपाल सत्यको पक्षमा लड्ने संगठन हो : गणेश बस्नेत केन्द्रीय अध्यक्ष प्रेस चौतारी नेपाल

चितवन :   प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल सत्यको पक्षमा लड्ने संगठन भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै बस्नेतले सत्य जतिसुकै तितो भए पनि प्रेस चौतारी नेपालले सत्य बोल्न नछाड्ने बताउनुभयो । ‘सत्य तितो हुन्छ तर सत्य छाड्नु हुन्न’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालको सदस्यहरू अब सोसल मिडियाको लडाइँमा उत्रिनु पर्नेमा उहाँले जोड दिनुभयो । पार्टीको नीति र नेतृत्व विरुद्ध भइरहेको आक्रमणको सामाजिक सञ्जालबाट प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले विरुद्ध सामाजिक सञ्जालमा भइरहेको आक्रमण समृद्धिको अभियान र स्वाभिमान विरुद्धको आक्रमण भएको उहाँले बताउनुभयो । यसका विरुद्ध प्रेस चौतारी सम्बद्ध पत्रकारलाई अरिङ्गाल खनिए जस्तै खनिन निर्देशन दिनुभयो । ‘यसका लागि योजना बनाएर अघि बढ्नुस्’, उहाँले भन्नुभयो ।

संगठनमा खेलेको भूमिका आधारमा चौतारी आबद्ध पत्रकारलाई नेपाल पत्रकार महासंघमा पठाएको उहाँले बताउनुभयो । प्रेस चौतारीले काम गर्ने पत्रकारलाई खोजेरै सम्मान गर्ने र गरेको बस्नेतले स्पष्ट पार्नुभयो । त्यसैले चौतारीका सदस्यलाई नबहकिन उहाँले आग्रह गर्नुभयो ।

अहिले समाजमा अराजकता फैलँदै गएको बताउँदै उहाँले त्यसको विरुद्ध पत्रकार एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । गलत काममा सचेत गराउनु पर्ने तर सरकारले गरेका राम्रा काममा सरकारलाई सहयोग गरेर जानु पर्ने बस्नेतले स्पष्ट पार्नुभयो । ‘नेपाली पत्रकारिताले अराजकतालाई साथ दिने होइन, समृद्धिलाई साथ दिने हो’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपाल स्वाभिमानको पक्षमा लड्ने संगठन भएको बताउँदै उहाँले कुनै पत्रकारको स्वाभिमानमा आँच आउने काम गरिए संगठन सतिसाल जस्तै भएर उभिने बस्नेतले चेतावनी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस