FLASH NEWS


प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ फागुन ११, आईतबार (९ घण्टा अघि)
  • ६०

    Shares

प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

धादिङ:   प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ । रुवीभ्याली गाउँपालिकालाई ६–३ गोल अन्तरले पछि पार्दै आयोजक नीलकण्ठ नगरपालिकाले उपाधि चुमेको हो ।

नीलकण्ठ नगरपालिकासँग हार व्यहोरेको रुवीभ्याली गाउँपालिका उप विजेता बनेको छ । त्यस्तै, धादिङ अस्पताल तेस्रो र गोर्खा नगरपालिकाले चौथो स्थान सुरक्षित गरेको हो । उपाधि विजेता नीलकण्ठ जायन्ट्सले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ५१ हजार १११ रुपियाँ, २५ हजार र २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै विधागततर्फ नीलकण्ठ जायन्ट्सका रवि भण्डारी सर्वाधिक गोलकर्ता(३३ गोल), उत्कृष्ट डिफेन्डर सरोज पाण्डे र उत्कृष्ट गोलरक्षक बल बहादुर तामाङ घोषित भएका छन् । उत्कृष्ठ खेलाडी भने धादिङ अस्पतालका डाक्टर जीवन घिमिरे घोषित भएका छन् । विधागततर्फ उत्कृष्ठ खेलाडीहरुलाई नगद ६–६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय फुटसल प्रतियोगितामा १८ समूहले सहभागीता जनाएका थिए । नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने गरि फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको समापन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनु भएको छ । ‘नीलकण्ठ नगरपालिका हरेक क्षेत्रको हव बनाउने छौं । गीत संगीत, साहित्य, खेलकुद लगायत क्षेत्रको हव बनाउने छौं । हामीले धेरै खालका प्रदेश तथा राष्ट्रिय स्तरका कार्यक्रमहरु नीलकण्ठ नगरपालिकामा गदै आएका छौं । यसले नगरबासीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको छ’ उहाले भन्नु भयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस