५२
Sharesधादिङ: गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धि २ दिनको तालिम शनिबारबाट शुरु भएको छ । गंगाजमुना गाउँपालिका वडा नं ७ को कार्यालय भएको तालिममा १६ वटा कृषक समुहका अगुवा ,लैगिक च्याम्पियनहरु सहित २० जनमको सहभागी रहेको छ ।
तालिम प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीतामा गंगाजमुना संचालित रिलिफ परियोजनाको सहयोग संचालन भएको हो । परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धि बिषयमा तालिम संचालन भएको हो । कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले २ दिने गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा समूह (टोलबस्ती) तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदनको ढाँचा तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ट सहायक युवराज थपलिया, कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुहुने बुढाथुमबाट प्रयास नेपाल धादिङका लैगिक एसोसियट शर्मिला गरुङले जानकारी दिनु भयो । तालिम आईतवारसम्म संचालन हुनेछ ।
स्थानीय योजना तर्जुमा प्रक्रियाबारे जानकारी दिनु । कार्यक्रम उद्घघाटन सत्रमा गंगाजमुना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी , कार्यपालिका सदस्य अनितामाया बिक,वडासदस्य सविता श्रेष्ठ ,वडामा कार्यारत कर्मचारीहरु,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।