FLASH NEWS


धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा गर्यो ८२ प्रतिशत अंक प्राप्त

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १०, शनिबार (१२ घण्टा अघि)
  • ६७

    Shares

धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा गर्यो  ८२ प्रतिशत अंक प्राप्त

धादिङ: धादिङको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८२ प्रतिशत अंक प्राप्त गरेको छ।

वि.स २०८० पौष ३ गतेदेखी एक सय शैयामा स्तरोन्नती भएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ प्रतिशत अंक ल्याएको हो ।

शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुगमनबाट अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरेको छ ।

मूल्याङ्कन टोलीका डा. नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, र सहयोगी सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्याङ्कन गर्दा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको हो।
न्यूनतम सेवा मापदण्ड कायान्वयन सम्बन्धी सार्वजनिक कार्यक्रममा विशेषज्ञ सेवा, ल्याव सेवा, ईमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारिता धेरै रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै भवन नयाँ निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन सुझाव दिइएको थियो।

विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमो डायलासिस सेवाको लागि बिग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नुपर्ने, विपद व्यवस्थापनका लागि थप आवश्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानको लिलामी गर्नुपर्ने लगायतका सुझाव विज्ञ टोलीले दिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतले अस्पतालको सेवा र गुणस्तरको प्रशंसा गर्दै निरन्तर कायम राख्न आग्रह गर्नुभएको छ ।

अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारीले अस्पतालले दिएको प्रदान गर्दै आएको सेवा प्रवाहका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

अस्पतालको विषयमा आएका सुझाव,गुनासोहरु मार्गदर्शन भएकोले आगामी दिनमा यसलाई कार्ययोजना बनाएर थप काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.सं २०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल वि.सं २०४५ सालमा १५ शैयया, वि.सं २०७६ मा ५० शैयया र वि.सं २०८० पौष ३ गते सय शैययामा स्तरोन्नति भएको थियो ।

जिल्लामा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालमा अहिले बिशेषज्ञ चिकित्सक,मेडिकल अधिकृत,चिकित्सक र अन्य सेवाका गरी एक सय ४० कर्मचारी कार्यरत रहेका अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

१२ घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस