६३
Sharesबुढाथुम ,धादिङ: धादिङको गंगाजमुना गाउँपालिकामा बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१२ मा अध्ययनरत किशोर किशोरीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो । शुक्रबार सम्पन्न भएको कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं ६ मा अवस्थित शिवालय मावि बसेरीमा ५८ जना र बद्री बिशाल मावि बुढाथुममा १ सय १२ जना किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।
दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।
अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल , निबर्तमान वडाध्यक्ष भक्त बहादुर लामिछाने ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्ट, शिवालय माविका प्रधानाध्यापक रमेश कुमार श्रेष्ठ , बद्रीबिसाल माविका प्रधानाध्यापक योगेन्द्र थापा, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रमिता भट्टले जानकारी दिनु भयो ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने , अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि शाखा अधिकृत भट्टले जानकारी दिनु भयो ।