१६१
Sharesधादिङ : धादिङको थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी थाक्रे १० मा रहेको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयले हात पारेको छ ।
विभिन्न ४६ वटा पदकका लागि भएको प्रतियोगितामा भोजकुमारीले १४ स्वर्ण ८ रजत र ६कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।
यस्तै १२ स्वर्ण १० रजत १० कास्य सहित जनजागृति माध्यमिक विद्यालय द्धितीय, १२ स्वर्ण ९ रजत ५ कास्य सहित ब्लुमिङ लोट्स माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिनुका साथै २०८१ को प्रतियोगिता पदक जित्न सफल खेलाडी र विद्यालयलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, थाक्रे गाउँपालिका उपाध्यक्ष यान्त्रबहादुर थापा (जिन्दगी), पुर्व उपाध्यक्ष अम्बिका रुपाखेती विभिन्न वडाका वडा अध्यक्षहरु,प्र.अ, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।