१५९
Sharesधादिङ: धादिङको धुनिबेशीनगरपालिका वडा नम्बर ६ गौंचरणमा रहेको कालीदेवी आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३५ जना तामाङ,चेपाङ,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यार्थीहरुला दैनिक विद्यालयमा आउने वातावरण बनाउन, गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,हङकङ तामाङ घेदुङ आङी समूहकी अध्यक्ष कमला तामाङ,कमला गोले तामाङ,सरला गुरुङ,सीता मल्लको व्यक्तिगत आर्थिक सहयोगमा बिहीबार उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो।
धुनिबेशी ६का वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता रमेशप्रसाद आचार्यको प्रमुख आथित्यतामा बएको कार्यक्रममा विद्यार्थीहरुलाई कपि,पेन्सिल,डटपेन,इरेजर,कटर,स्केल लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडाका वडा सदस्यहरु सानुमैंया काफ्ले,ईश्वरप्रसाद चापागाई,विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेश आचार्य, प्र.अ.सिर्जना उप्रेती, शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जु चापागाई, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक,शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियो।