FLASH NEWS


काठमाडौं महानगरपालिकाका प्रमुख साहले दिए ट्रम्पलाई धन्यवाद’

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ९, शुक्रबार (१ दिन अघि)
  • ६८

    Shares

काठमाडौं महानगरपालिकाका प्रमुख  साहले दिए  ट्रम्पलाई धन्यवाद’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनु भएको छ।

अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा लेखेर बालेनले डीभीको दासत्व बन्द गर्न पनि सुझाव समेत दिनु भएको छ।

उहाले नेपाली आफ्नो देश छाडेर गएकाले गरिब भएको र अमेरिकी अल्छी भएकाले गरिब भएको टिप्पणीसमेत गर्नु भयो । ‘प्रिय डोनाल्ड जे. ट्रम्प, हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महशुस गराउनु भएकोमा धन्यवाद’, उहाले लेख्नु भएको छ , ‘हामी गरिब छौँ। किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्।’

उहाले डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु देशलाई स्वतन्त्ररूपमा अघि बढ्न दिन पनि आग्रह गर्नु भएको छ । ‘कृपया दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ’, उहाले लेख्नु भएको छ , ‘आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।’

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

२ घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस