FLASH NEWS


आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ फागुन ९, शुक्रबार (१ दिन अघि)
  • ३६

    Shares

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस  विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं : आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो। यद्यपि संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो।

आज भाषाहरूले विकास, साँस्कृतिक विविधता र अन्तरसाँस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ।

युनेस्कोका अनुसार समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसाँस्कृतिकता प्रवर्धनमा केन्द्रित हुने जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

२ घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस