१३८
Sharesधादिङ : अखिल नेपाल महिला संघ थाक्रे गाउँकमिटीको आयोजनामा थाक्रेमा विस्तारीत बैंठक तथा महिला शिक्षक सम्मानको साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं. ८ मा रहेको पाथिभरा होटलमा बुधबार विस्तारीत बैठक तथा महिला शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
जिवनको अनेक पारिवारीक तथा सामाजिक आरोह अवरोहका विच शिक्षित महिलाको पहिचान बनाउदै हजारौ बालबालिकालाई शिक्षाको उज्योलो ज्योति मार्फत सामाजिक रुपान्तरणको अभियानमा लागेका थाक्रे भित्रका शिक्षिका हरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्मान गरिएको अखिल नेपाल महिला संघ दशौं जिल्ला सम्मेलन आयोजक कमिटि संयोजक अम्बिका रुपाखेतीले बताउनुभयो ।
प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य जानुका सिम्खडाले अनेम संघको इतिहास, निति तथा कार्यक्रम, कमिटीको काम, कर्तव्य र अधिकार जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रमका बिशेस अतिथि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा गाउँपालिका महासंघ केन्द्रिय सचिवालय सदस्य तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिनु हुदै प्रजातन्त्रको अवस्था इतिहास , शिक्षिकाहरु का कामका बिसय र थाक्रे भित्र बसोबास गर्ने नागरिक हरुको नागरिताको बिषयमा भए गरेका कामको बारेमा जाकारी गराउनु भएको थियो। कार्यक्रममा सहभागी हुनु भएका अतिथिहरुले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिनु भएको थियो।
अनेमसंघ थाक्रे गाउँकमिटि उपाध्यक्ष सिता सुडासैनीको अध्यक्षतामा सम्पन्न बैठक तथा महिला शिक्षक सम्मान कार्यक्रममा अखिल नेपाल महिला संघ थाक्रे गाउँकमिटीको अध्यक्ष यसोदा बिडारि, नेकपा एमाले केन्द्रिय सदस्य जानुका सिम्खडा,अनेमसंघ केन्द्रीय सदस्य उमा नेपाल,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा गाउँपालिका महासंघ केन्द्रिय सचिवालय सदस्य रामकुमार आचार्य, अखिल नेपाल महिला संघ दशौं जिल्ला सम्मेलन आयोजक कमिटि संयोजक अम्बिका रुपाखेती ,नेकपा एमाले थाक्रे गाउँकमिटि अध्यक्ष गणेशमान वाईबा , गोकुल प्रसाद लामिछाने , श्याम चन्द्र आचार्य , देबकी पौडेल ,नेकपा एमाले थाक्रे गाउँकमिटिका उप सचिब कबिता भण्डारी , केसब प्रसाद प्याकुरेल ,, अगुवा महिला प्रमिला पण्डित, स्थानिय लगायतको सहभागिता रहेको थियो।