FLASH NEWS


राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेल द्वारा शुभकामना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ फागुन ७, बुधबार (२ दिन अघि)
  • ६९

    Shares

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा  राष्ट्रपति पौडेल द्वारा शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उहाले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई लोकतन्त्रले स्थापित गरेको बताउनु भयो ।

‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नु भएको छ।

हेर्नुहोस शुभकामना सन्देश

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस