FLASH NEWS


प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने, प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने (कार्यसूची सहित )

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ फागुन ४, आईतबार (३ दिन अघि)
  • ७२

    Shares

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने, प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने (कार्यसूची सहित  )

काठमाडौं ः प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको छ।

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनुहुने छ। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्। संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।

सार्वजनिक विषयमा सरकारलाई उत्तरदायी बनाउन केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला २०७५ सालमा सुरू गरिएको सांसद र प्रधानमन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रममा ६ वर्षपछि पनि प्रधानमन्त्री ओलीले पुरानै शैलीका प्रश्नको सामना गर्नुपर्ने देखिएको छ।

उनीहरूले २ देखि ८ वटासम्म प्रश्न सोध्ने तयारी गरेका छन् । प्रधानमन्त्रीका लागि अधिकांश सांसदले पूर्वाधार विकाससम्बन्धी प्रश्न राख्नेछन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस