१३७
Sharesधुनिबेशी: धुनिबेशी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले ६५ औँ वार्षिक उत्सव मनाएको छ । विविध सास्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको विद्यालयका प्रधानाध्यापक गोर्वद्धन गोदारले बताउनुभयो ।
कार्यक्रममा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिएको छ । यस्तै एसईईका उत्कृष्ट विद्यार्थी, कक्षा १२ का उत्कृष्ट विद्यार्थी, खेलकुद प्रशिक्षक, विभिन्न विधामा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोदारको भनाई छ ।
विद्यालयमा अक्षयकोषको स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती प्रदानमा सहयोग गरेको भन्दै शम्भुप्रसाद रेग्मी र विदुर रेग्मीलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।
यस्तै ३० भन्दा बढि विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरि सहयोग गरेकोमा स्थानिय व्यवसायी रामनाथ गजुरेल, खेलकुद प्रशिक्षक मार्फत सहयोग गरेकोमा सुजन पण्डित, यस्तै उत्कृष्ट शिक्षकको रुपमा २ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बासुदेव बास्कोटाको अध्यक्षता रहेको कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजी, पुर्व प्रधानाध्यापक रामचन्द्र आचार्य लगायतको आतित्थ्यता रहको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।