८९
Sharesधादिङ: धुनिवेशी नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि (ह्युमन पापिलोमाभाइरस) खोप फागुन १ देखि ०६ गतेसम्म ३३ वटा खोप केन्द्रहरुमा लगाइने भएको छ।
आइतबार धुनिवेशी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठि र बैठक सम्पन्न भएको छ । बैठकले फागुन १ देखि ०६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एचपिभि खोप लगाईने निर्णय गरिएको छ ।
सरोकारवालाहरूलाई एचपिभि खोप अभियानको महत्व, कार्यान्वयन प्रक्रिया, खोपको प्रभावकारिता, र अभियानलाई सफल बनाउन सामुदायिक सहयोग, समन्वय, तथा सञ्चालनका उपायहरूका बारेमा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब कुमार अधिकारीले जानकारी गराउनुभयो । खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।
धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती,प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, वरिष्ठ जनस्वास्थ्य अधिकृत धुबकुमार अधिकारी, वडा नं १ का अध्यक्ष मान बहादुर तामाङ, वडा नं ९ का अध्यक्ष माधब सिलवाल लगायतको उपस्थिति रहेको थियो ।