FLASH NEWS


धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ माघ २७, आईतबार (१ महिना अघि)
  • १२६

    Shares

धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ :  धुनिवेशी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज आइतबारबाट सुरु भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेलमैदान र धुनिवेशी रंगाशालामा प्रतियोगिता सुरु भएको हो ।

नगरस्तरीय प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख सुरज उप्रेतीले प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको छ ।

त्यसै गरी उद्घाटन कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्री मदुकुमार श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना दिनु हुदै आफुलाई आफ्नै छोरा ,भाइ, दाइ सम्झेर बोलाएकोमा धन्यवाद समेत दिनु भयो। उहाले स्थानिय ,प्रदेश र केन्द्रले केहि नगरेको चिया पसल ,चोक चोकमा भन्ने गरेको पाइन्छ तर यी स्थानिय ,प्रदेश र केन्द्र मा रहेका सबै व्यक्तिहरुले नै गर्दा अहिले यो अवस्थामा आइपुगेको बताउनु भयो। तेस्तै काम गर्दा यो पार्टि उपार्टिले बजेट लेराएको भनेर गाउ गाउमा यस्ता कुरा नफैलाउन आग्रह गर्नु भयो। जुन जहा जस्ले लेरायता पनि हामि सबैले तिरेका कर बाट आयको नेपाल सरकारको दीएको पैसानै आएको श्रेष्ठले बताउनु भयो।


कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्री मदुकुमार श्रेष्ठ,धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती,वडा अध्यक्षहरु, पृर्व उपप्रमुख निरु खरेल, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका पधानाध्यपकहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो। रनिङ शिल्ड प्रतियोगिता २९ गते सम्म सञ्चालन हुने जनाइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस