१३६
Sharesधादिङ: धादिङका बिभिन्न स्थानमा आज शनिबार विद्धुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार आज देविघाट सवस्टेशनदेखि रातमाटे सास हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरू विद्युत अवरुद्ध हुने जनाइएको छ।