१५८
Sharesधादिङ: धादिङको धुनिवेशी नगरपालिकामा नगरस्तरिय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन भएको छ । वडा नम्बर ५, २ र ९ को सँगमस्थल सुनाघाट, त्रिवेणी धाम बद्रिटार पार्क तथा उमा महेश्वर महादेव मन्दिर प्राङ्गणमा महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक नवराज धितालले बताउनु भयो ।
विश्व भागवत धाम कोष नेपाल र उत्तम फाउण्डेशनद्धारा जिल्लाका १३ स्थानिय तहहरुमा आयोजना गरिने जिल्लाव्यापी अनुष्ठान अन्तर्गत धुनिवेशीमा तेस्रो अनुष्ठान सम्पन्न गरिएको हो ।
माघ १७ गते बिहिबार देखी जारी भएको महायज्ञमा मण्डप पुजा, पाठपारायण, कथा वाचन, आरती तथा पुष्पाञ्जली लगायत लाख बत्ती प्रज्वलन कार्यक्रम गरिएको छ ।
महायज्ञमा प्रमुख वाचकको रुपमा तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराजले कथा प्रवचन गर्नु भएको थियो। महायज्ञमा ५० लाख भन्दा बढि आर्थिक संकलन भएको छ ।