FLASH NEWS


धादिङ लोक सांस्कृतिक महोत्सव मा गरे ७० हजारले अवलोकन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २३, बुधबार (५ घण्टा अघि)
  • ४६

    Shares

धादिङ लोक सांस्कृतिक महोत्सव मा गरे ७० हजारले अवलोकन

धादिङ:     धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा माघ १० गतेदेखि सुरु भएको पहिलो धादिङ लोक सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘लोक संस्कृति प्रवर्धनको सार : पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने मूल नारा सहित आयोजना गरिएको महोत्सव ७० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो । विविध कारण र आवश्यकताको मध्यनजर गरेर २० गतेसम्म चल्ने भनिएको महोत्सव २२ गते समापन सँयोजक कोईरालाको भनाई छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गरेको हो ।

मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरुले महोत्सवको थप रौनक दिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताउनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस